२४ बैशाख २०८१, सोमबार

यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट

344308944 778946543766191 8528263438072298082 n e1683009052692

एसीसी मेन्स प्रिमियर कप उपाधि उचाल्दै नेपालले एसिया कप स्थान बनाएको छ । मंगलबार भएको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

योसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । नेपालले एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

७ ओभर ६ बलमा २२ रन बनाएर ३ विकेट गुमाएको नेपालको ब्याटिङ लाइन गुल्सन झा र भिम सार्कीले सम्हालेका थिए । गुल्सनले सानदार प्रदर्शन गर्दै अर्धशकीय पारी खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए । उनलाई उत्कृष्ट साथ दिएका भिमले ३६ रन बनाए । ७२ बलमा ४ चौका प्रहार गरे ।

नेपालको ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख भने सस्तै रनमा एलबीडब्लु धरापमा परे । भुर्तेलले १ रन जोड्दा शेखले ८ रन मात्रै बनाउन सके । तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल १ रन बनाएर बोल्ड भए ।

जारी खेलमा यूएईका रोहन मुस्तफाले २ विकेट लिएका छन् भने आयान अफ्जल खानले १ विकेट लिए ।

यसअघि सोमबार (हिजो) वर्षाका कारण स्थिगित भएको बाँकी खेलमा यूएईले २७ ओभर ३ बलमा ९ विकेटको क्षतिमा १०६ रनको स्थितिबाट खेल सुरु गरेको थियो । यूएईले आज थप ११ रन मात्रै जोड्न सक्यो ।

अन्तिम विकेटका लागि जुनैद सिद्दिकीले १० रन बनाएर आउट भए भने कार्थिक मैयप्पनले अविजित १ रन जोडे ।

नेपालका ललित राजवंशीले ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट हात पारे ।