३० बैशाख २०८१, आईतवार

सन्दीपले नेपाललाई दिलाए पाँचौँ सफलता

sandeep

यूएईविरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाएका छन् ।

एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको हो ।

कीर्तिपुरस्थित टीयु मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएईले १३ ओभरमा ५ विकेट गुमाएको छ ।

नेपालका करण केसीले २ विकेट लिएका छन् भने सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।

यूएईका ओपनर मोहम्मद वासिम ११ रनमा क्याचआट भए भने आर्यन लाक्रा १३ रन बनाएर पभेलियन फर्किए ।

वृत्य अरविन्दले ८ रन बनाउँदा रमिज शहजाद १ रनमै आउट भए । सन्दीपको बलिङमा यूएईका रोहन मुस्तफा २ रन बनाएर कुशल मल्लबाट क्याचआउट भए ।

नेपालले कसिलो बलिङ गर्दै सानदार सुरुवात गरेको छ ।

    सम्बन्धित समाचार...