५ जेष्ठ २०८१, शनिबार

अझै फेला परेनन् दुई साता देखी बेपत्ता आमाछोरा

amachora missing1682913274

दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन ।

दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।

भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए । आफान्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजि गरिदिन उनले अपिल गरेका छन् ।

    सम्बन्धित समाचार...