३१ बैशाख २०८१, सोमबार

नेपाल र यूएईबीचको खेल भोलि पनि वर्षाले प्रभावित भए नतिजा के होला ?

nepal

एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागि सोमबार (भोली) बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ । तर, वर्षाले खेल प्रभावित भएमा नतिजा के हुन्छ त ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बिहानदेखि नै मौसम बदली भई मध्यान्ह १२ बजेदेखि मेघगजर्नसहित पानी पर्ने सम्भावना रहेको छ । सोमबार खेल हुन नसकेमा पर्सी मंगलबारलाई वैकल्पिक दिन राखिएको छ ।

फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ । नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ ।

उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह-ए मा स्थान बनाउनेछ । समूह-बी मा श्रीलंका, अफ्गानिस्तान र बंगलादेश छन् । दुवै समूहमा शीर्ष दुईमा रहने दुई टेालीले सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन् ।

एसीसी एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।