५ जेष्ठ २०८१, शनिबार

डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

anuma

काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका डा. सुजन ढकालको बोहोराटारस्थित घरमा गएर आत्महत्या गरेकी हुन् ।

ढकाल मृतक श्रेष्ठका प्रेमी हुन् । उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र पटक-पटक विहे गर्न आग्रह गर्दा सुजन र उनको परिवारले अस्वीकार गरेपछि प्रेमीकै घरमा पुगेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीले मृतक श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला पारेको छ ।

उक्त नोटमा श्रेष्ठले आफुहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र विहे गर्ने सहमतीपनि भएको तर अहिले आएर ढकालको परिवारले विहे गर्न नमानेको उल्लेख गरेकी छन् ।

श्रेष्ठले प्रेमीको घरमै गएर आत्महत्या गरेपछि श्रेष्ठको परिवारले ढकाल र उनका बाबुविरुद्ध प्रहरीमा आत्महत्या दुरूत्साहनविरुद्धको मुद्दा दर्ता गरेका छन् ।

श्रेष्ठले ढकालको घरमै गएर आत्महत्या गरेको दिन ढकाल भने झापामा रहेको बताइएको छ ।
उनि के कति कारणले झापा पुगेका हुन् सो कुरा बाहिर नआएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी

लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् । आफूहरू यतिबेला प्रहरी वृत्त बालाजुमा रहेको र जाहेरी दिने तयारी गरिरहेको बताइन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

    सम्बन्धित समाचार...