५ जेष्ठ २०८१, शनिबार

मौसम: आज पनि पहाड तथा तराईका केही क्षेत्रमा वर्षा हुने

weather aajko mausam

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । पाकिस्तानमा देखिएको न्यूनचापीय प्रभाव र स्थानीय वायुको असरका कारण शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको हो ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

भोलि (सोमबार) देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। मधेस प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ।

मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुनेछ ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

    सम्बन्धित समाचार...