२१ बैशाख २०८१, शुक्रबार

१८ एसपीको बढुवा सिफारिस (नामसहित)

police headqutar

नेपाल प्रहरीले १८ उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको बढुवा समितिको शुक्रबार बसेको बैठकले १८ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

एसपीबाट एसएसपीमा बढुवा हुनेको पहिलो नम्बरमा विश्व अधिकारी छन् । यस्तै भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा र बेलबहादुर पाण्डे क्रमश: एकदेखि दशौं नम्बरको बढुवा सूचीमा छन् ।

यसैगरी दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन एसएसपीमा बढुवा सिफारिस भएको बढुवा समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाएका छन् ।Police1 1682688026Police2 1682688043

    सम्बन्धित समाचार...