८ बैशाख २०८१, शनिबार

तेस्रो पटकपनि कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत पाए

rajkumar sharma karnali

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । उनले योसहित तेस्रो पटक विश्वासको मत पाएका हुन् ।

आज (शुक्रबार) तेस्रो पटक विश्वासको मत लिने क्रममा उनको पक्षमा २९ सांसदहरुले मतदान गरेका थिए ।

३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको हो। शर्मा माघ ६ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

केन्द्रको सत्ता समिकरणमा फेरबदल आएसँगै कर्णालीमा सरकारमा फेरबदल आएको हो ।

    सम्बन्धित समाचार...