३१ बैशाख २०८१, सोमबार

नेपालले कतारलाई हरायो, सन्दीपले लिए ५ विकेट

343783503 947457179634124 9142492633758294570 n

एसीसी मेन्स प्रिमियर कपअन्तर्गतको कतारविरुद्धको आजको खेलमा नेपाल ६८ रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको मध्यमम लक्ष्य प्रस्तुत गरेको थियो ।

मध्यम लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको कतारले राम्रो प्रदर्शन गर्न सकेन । २५.१ ओभरमा ८९ रन जोड्दा कतारले सबै विकेट गुमायो ।

कतारका ओपनर कामरन खान ८ रन जोडेर मैदान बाहिरिए भने अर्का ओपनर जहिर इब्राहिम २३ बलमा १५ रन जोडेर मैदानबाट बाहिरिए । उनले ३ चौका प्रहार गरे ।

त्यस्तै खुरराम रियाजले २८ बलमा १५ रन जोडे । उनलाई सन्दीप लामिछानेले एलबीडब्ल्यूमा आउट गरे । अमिर फारुकले २२ बलमा १४ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । सोमापल कामीले ३ र ललिज राजवंशीले २ विकेट लिए ।

जारी प्रतियोगितामा अपराजित नेपालले कतारविरुद्ध भने फितलो ब्याटिङ गरेको थियो । कतारी बलरसामु धरासायी बनेको नेपालको ब्याटिङ लाइनको अन्तिममा रहेका सन्दीप लामिछाने र ललित राजवंशीले टिमको उद्धार गरे ।

सन्दीप र ललितले टिमको स्कोर मजबुत बनाउन संघर्ष गरेका थिए । सन्दीपले ५८ बलको सामना गर्दै सर्वाधिक ४२ रन बनाए भने सन्दीपलाई साथ दिएका ललितले १ रन जोडे । उनले १७ बलको सामना गरे । सन्दीपले ५० ओभर फर्म्याटको खेलमा अहिलेसम्मकै सर्वाधिक रन जोडे ।

नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । चार ओभरमै सुरुवाती दुई विकेट गुमायो । नेपालले २४ ओभर खेल्दा ६ विकेट गुमाएर ९२ रन मात्रै बनाउन सकेको थियो ।

ओपनर कुशल भुर्तेल दुई रनमा पभेलियन फर्किए । जारी प्रतियोगितामा उनले ठूलो रन बनाउन सकेका छैनन् । मलेसियाविरुद्ध ३८ रन बनाएका उनी ओमानविरुद्धको खेलमा खाता नखोल्दै मैदानबाट बाहिरिएका थिए । उनी एक ओभर दुई बलमा आउट भएका हुन् ।

त्यसपछि आएका भीम सार्की धेरैबेर मैदानमा टिक्न सकेनन् । ३ ओभर ३ बलमा भीम बाहिरिदाँ नेपाल दुई विकेट गुमाएर ९ रनको अवस्थामा पुगेको थियो । उनी १२ बलमा ६ रन बनाउँदै बाहिरिएका हुन् ।

कप्तान रोहित पौडेल र आशिफ शेखले ४८ रनको साझेदारी गरे । रोहित २७ रनमा आउट हुँदा आशिफ १९ रनमा पेभेलियन फर्किए । पाँचौ नम्बरमा मैदान छिरेका सोमपाल कामीले ११ रन मात्रै जोड्न सके । यसअघि राम्रो प्रदर्शन गरेका कुशल मल्ल आज ३ रनमै क्याच आउट भए । आरिफ शेख ११ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए । गुल्सन झा ७ रनमै पभेलियन फर्किए ।

कतारका अमिर फारुकले ४ विकेट लिए भने ओवाइस अहमेदले ३ तथा गयान मुनाविराले २ विकेट हात पारे । इक्रामुल्लाह खानले १ विकेट झारे ।

343496363 267320708973017 3709472652744696870 n

    सम्बन्धित समाचार...