१७ बैशाख २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग: आर्सनल सिटीसँग पराजित, लिभरपुलको पुनरागमन जित

man city arsenal

इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । सिटीसँग ४-१ गोलले पराजित भएसँगै आर्सनलको उपाधि होडमा धक्का लागेको छ ।

बुधबार राति इतिहाद रंगशालामा केभिन डि ब्रुयना र स्टार अर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरे । सातौँ मिनेटमा हालान्डले दिएको पासमा ब्रुयनाले उत्कृष्ट गोल गरे। पहिलो हाफको इन्जुरी समयमा फिल फोडेनले अग्रतालाई दोब्बर बनाए ।

५४ औँ मिेनटमा हालान्डले नै मिलाएको बलमा ब्रुयनाले रोब होल्डिङको टाङ मुनिबाट बल निकाल्दै उत्कृष्ट गोल गर्न सफल भए । ८६ औँ मिनेटमा रोब होल्डिङले अन्तर घटाएका थिए । इन्जुरी समयमा गोल मेसिन हालान्ड आफैँले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

इंग्लिस प्रिमियर लिगको उपाधिको टुंगो लाग्ने खेलको रुपमा हेरिएको खेलपछि सिटीले महत्वपूर्ण ३ अंक जोडेको छ । सिटीको ३१ खेलबाट ७३ अंक भएको छ । ३३ खेलबाट शीर्ष स्थानमा रहेको आर्सनलको ७५ अंक छ । लिगमा आर्सनलले ५ र सिटीले ७ खेल खेल्न बाँकी छ । आफ्नो बाँकी खेलमा सिटीले जितेको अवस्थामा उपाधि हात पार्ने छ ।

यस्तै, गएराति लिभरपुलले वेस्ट ह्याममाथि २ – १ गोलको पुनरागमन जित हात पारेको छ । वेस्ट ह्यामले १२ औँ मिनेटमा लुकास पकौटाको गोलबाट अग्रता बनायो। कोडी गाक्पोले त्यसको ६ मिनेटमा बराबरी गोल फर्काए । ६७ औँ मिनेटमा जोयल माटिपले गोल गर्दै योगर्न क्लोपको टोलीको जित सुनिश्चित गरे। यता चेल्सीले भने खराब लयलाई कायमै राखेको छ । गएराति ब्रेन्टफर्डसँग चेल्सी २ – ० ले पराजित भयो ।

    सम्बन्धित समाचार...