२२ बैशाख २०८१, शनिबार

नेपालका वन पाखामा रमाउदै भारतीय चलचित्रकर्मी

film shoot

नेपालमा भारतीय चलचित्र एवं शृंखलाको छायांकन हुने क्रम बढिरहेको छ । अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रकर्मी नेपालमा रमाउन थालेको भने धेरै भएको छैन ।

२०७८ सालमा हिन्दी चलचित्र ‘उचाइ’ले नेपालमा एक महिना छायांकन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परिणीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालकाबारेमा राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृंखलासमेत छायांकनका लागि आउन थालेका छन् ।

गत साता मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायांकन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हाले समेत १० दिन एक शृंखलाको छायांकन गरे । सिन्हाले काठमाडौं, पोखरालगायत विभिन्न स्थानमा छायांकन गरेका थिए । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायांकनसमेत पोखरामा भएको थियो । यी प्रतिनिधि नाम मात्र हुन् ।

ससाना शृंखला, सांगीतिक भिडियो उत्तिकै संख्यामा छायांकन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए । उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्वीलर्सले विगत दुई वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै फर्जी, उचाइलाई नेपालले व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायांकनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् । त्यसरी आउने विदेशी चलचित्रकर्मी नेपालको प्राकृतिक सम्पदाप्रति मोहित हुने गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...