६ जेष्ठ २०८१, आईतवार

४८ लाख ठगी गरेको आरोपमा हरीकला पक्राउ

arest

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्स्ट्रक्सनमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट पटक-पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

    सम्बन्धित समाचार...