२२ बैशाख २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग: फुलह्यामलाई हराउँदै एस्टोन भिल्ला पाचौँ स्थानमा

villa goal

इंग्लिस प्रिमियर लिगमा एस्टोन भिल्लाले फुलह्यामलाई १ – ० गोलले हराएको छ । यो जितपछि भिल्ला पाचौँ स्थानमा उक्लिएको छ।

भिल्ला पार्कमा भएको खेलको २१ औँ मिनेटमा टारोन मिङसले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए । नोभम्बर २०२१ पछि मिङसले पहिलो गोल गरेका हुन् । सोही गोल नै भिल्लाको जितमा पर्याप्त बन्यो ।

फुलह्यामले सुरुवाती ३० सेकेण्डमा गोल गर्ने उत्कृष्ट मौका खेर फालेको थियो । आन्द्रियस परेराले गरेको भली प्रहार साउड नेट हुँदै बाहिरियो । त्यसपछिको समय फुलह्यामले खतरनाक मुभ बनाउन सकेन । यो नतिजा पछि भिल्लाले उनाई इमेरीको नेतृत्वमा १० खेलसम्मको अपराजित यात्रा कायमै राखेको छ।

पाचौँ स्थानको भिल्लाको ३३ खेलबाट ५४ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५९ अंक छ । यो जितपछि भिल्लाले २०१० पछि पहिलो युरोपेली प्रतिस्पर्धामा खेल्ने सम्भावना बलियो बनाएको छ ।

गएराति नै भएका अन्य खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २ – ० गोलले हराउँदा लिड्स र लेस्टर सिटी एक-एक गोलको बराबरीमा रोकिए ।

    सम्बन्धित समाचार...