२३ बैशाख २०८१, आईतवार

मन्त्रिपरिषद् निर्णय : फास्ट ट्रयाकको जग्गा प्राप्तिदेखि सशस्त्रको नियमावली संशोधनसम्म

office of prime minister and council of nepal ghatana

सरकारले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको उनले जनाए । उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि जानकारी दिए ।

‘काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ । छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ,’ उनले भने, ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ । जग्गा कित्ताकाटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि मन्त्री ज्वालाले जानकारी दिए ।

    सम्बन्धित समाचार...