१ जेष्ठ २०८१, मंगलवार

स्वर्णिम वाग्ले १२७०५, गोविन्द भट्टराई ७६४६ र सर्वेन्द्र खनाल ४२१९

tana

तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै गएका छन् ।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान साढे १ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४६ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ५ हजार ५९ मतले अगाडि छन् ।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका नेकपा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत प्राप्त गरेका छन् ।

एक लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ १ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

दुई दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    सम्बन्धित समाचार...