२२ बैशाख २०८१, शनिबार

उपाधि होडमा आर्सनललाई धक्का

arsenal

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल लगातार तीन खेलमा बराबरीमा रोकिएको छ । गएराति आर्सनल साउथह्याम्पटनसँग ३ – ३ गोलको बराबरीमा रोकिएपछि साविक विजेता म्यानचेस्टर सिटीलाई फाइदा भएको हो ।

इमिरेट्समा भएको खेलको सुरुवातमै पाहुना टोली साउथह्याम्पटनले २ – ० को अग्रता बनाएको थियो । सेन्ट्सले २८ औँ सेकेण्डमा अग्रता बनाएका थिए । आरोन राम्सडेलको गल्तीको फाइदा उठाउँदै कार्लोज अल्काराजले गोल गरे । जारी सिजनमा आर्सनलले सर्वाधिक छिटो गोल खाएको यो दोस्रो पटक हो ।

यसअघि बर्नमाउथका फिलिप बिलिङले खेल सुरु भएको ९ दशमलब ११ सेकेण्डमै आर्सनलविरुद्ध गोल गरेका थिए । १४ औँ मिनेटमा वालकटले साउथह्याम्टनको अग्रता दोब्बर बनाए । २० औँ मिनेटमा गाब्रियल मार्टीनेलीले घरेलु टोली आर्सनलका लागि गोल फर्काए । ६६ औँ मिनेटमा डुए चालेटा चारले गोल गरेर पुन: साउथह्याम्पटनलाई दुई गोलको अग्रता दिलाए ।

दबाबमा आएको आर्सनलले अन्तिम समयमा दुई गोल फर्कायो । मार्टिन ओडेगार्डले ८८ औँ मिनेटमा र ९० औँ मिनेटमा गाब्रियल जेसुसले गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । यो नतिजापछि आर्सनलको उपाधि होडमा ठूलो धक्का लागेको छ । आर्सनलको ३२ खेलबाट ७५ अंक छ । दुई खेल कम खेलको सिटीको ७० अंक छ ।

    सम्बन्धित समाचार...