५ जेष्ठ २०८१, शनिबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

Tribhuwan International Airport

भोलि (बिहीबार) बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान ६ घण्टा विमानस्थल बन्द हुने जानकारी दिएको हो ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको सूचनामार्फत जानकारी दिनुभएकाे छ । विमानस्थलले उक्त समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्नसमेत आग्रह गरेकाे छ ।

image 42 740x1024 1

    सम्बन्धित समाचार...