१९ बैशाख २०८१, बुधबार

कांग्रेसको प्रवेश कर्णाली सरकारमा, आज तीन मन्त्रीले सपथ लिने

karnali sarkar

नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन ।कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् ।

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन् ।

    सम्बन्धित समाचार...