१७ बैशाख २०८१, सोमबार

मेयर बालेन्द्र शाहविरुद्धको रिटमा आज सुनुवाइ

balen
फाइल फोटो

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गर्नुभएको थियो ।

जसको सुनुवाइ आजका लागि तोकिएको छ । आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन
र विसर्जन गर्न रिटमा माग गरिएको छ ।

    सम्बन्धित समाचार...