२२ बैशाख २०८१, शनिबार

चौथो जित हात पारेसँगै राजस्थानको शीर्ष स्थान कायमै

341476284 6255671431179496 8581680740962474858 n

इन्डियन प्रिमियर लिग (आईपीए) मा राजस्थान रोयल्सले चौथो जित हात पारेको छ । राजस्थानले गुजरात टाइटन्सलाई ३ विकेटले हराएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७७ रन बनायो । डेभिड मिलरले ४६, सुभम गिलले ४५, कप्तान हार्दिक पाण्डेयाले २८ तथा अभिनभ मनहोरले २७ रन जोडे ।

सन्दीप शर्माले दुई विकेट हात पारे । ट्रेन्ट बोल्ट, एडाम जाम्पा तथा युजबिन्द्र चाहलले १ – १ विकेट लिए ।

जवाफमा उत्रिएको राजस्थानले ४ बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । १० दशमलब ३ ओभरमा ४ विकेट ५५ रन भएको अवस्थामा कप्तान सन्जु सामसन र सिम्रोन हेटमायरले ५९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोहोर्‍याएका हुन् । सामसनले ३२ बलमा ६० रन बनाए । आक्रमक पारी खेलेका हेटमायरले २६ बलमा ५६ रनको पारी खेले । मोहम्मद सामीले ३, रासिद खानले २ तथा पाण्डेया र नुर अहम्मदले १ – १ विकेट हात पारे ।

जितसँगै राजस्थान तालिकाको शीर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानको लखनउसँगको दूरी २ अंकको छ । गुजरात ६ अंकको साथ तेस्रो स्थानमा छ ।

    सम्बन्धित समाचार...