७ जेष्ठ २०८१, सोमबार

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानी आत्महत्या गरे दाङमा

gun

दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार वसन्त केसीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

आइतबार राति ड्युटीमा खटिएकै अवस्थामा आफैँसँग रहेको एसएलआरले आफैँलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।

पारिवारिक विवादका कारण केसीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । आत्महत्या गरेका केसी तुलसीपुरका स्थानीय बासिन्दा हुन् ।

    सम्बन्धित समाचार...