२३ बैशाख २०८१, आईतवार

आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री एनपी साउदद्वारा शपथ

sapath np saud

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्नुभएको छ ।

उहाँले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एकीकृत समाजवादीकै प्रकाश ज्वाला यसअघि नै मन्त्री भइसक्नुभएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेपाली कांग्रेसले अर्थसहित आठ मन्त्रालय पाएको छ ।

जसअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का नेतृत्वमा चारजना मन्त्री सरकारमा गइसकेका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणअगावै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । दाहालले वैशाख तेस्रो सातासम्म भारत भ्रमण गर्ने तयारी गरेको उहाँका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि प्रचण्डले सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । परराष्ट्रबाहेक अझै प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ । बाँकी मन्त्रीको टुंगो भने वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने बताइएको छ ।

    सम्बन्धित समाचार...