३० बैशाख २०८१, आईतवार

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि प्रहरीद्धारा गोली प्रहार

gun
सांकेतिक तस्विर

कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दारले गोली प्रहार गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’की आमा तीर्थमाली पुन मगर घाइते भएकी छन् ।

७० वर्षीया पुन मगरमाथि गएराती काठमाडौंको मालीगाँउस्थित घरमै गोली प्रहार भएको हो । । खुट्टामा गोली लागेर घाईते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटना काठमाडौं मालीगाँउमा रहेको नेता पुनको दाइकाे घरमा भएको बताइएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् ।

प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर साेही घरमा बस्दै आएका थिए । नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको प्रारम्भीक प्रहरी अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ ।

घटनापछि राती नै काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । नेता पुन भने उपचारका लागि हाल चीनमा रहेका छन् ।

    सम्बन्धित समाचार...