१५ बैशाख २०८१, शनिबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन

anjan shrestha

नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

उद्योग बाणिज्य महासंघको पहिलो चरणमा भएको निर्वाचनमा कोही उम्मेद्‍वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोश्रो चरणको तयारी गरेको थियो।

दोश्रो चरणको निर्वाचन हुनुअघि सहमतिका लागि केही समय मागेका उम्मेद्‍वारहरुले वरिष्ठ उपाध्यक्षमा अन्जनको पक्षमा सहमति गरेपछि उनी सर्वसम्मत चयन भएका हुन्।

श्रेष्ठ चयन भएपनि घोषणा हुन् बाँकी रहेको छ।

महासंघ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ प्रतिस्पर्धामा रहेका थिए।

    सम्बन्धित समाचार...