१ जेष्ठ २०८१, मंगलवार

मुख्यमन्त्री शर्माले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने

rajkumar

कर्णाली प्रदेश सरकारलाई माघ ६ र चैत १७ गते विश्वासको मत दिएको नेकपा एमालेले सरकारबाट बहिरिएसँगै समर्थनसमेत फिर्ता लिएको छ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने भएको छ ।

संघीय सरकारमा भएको समिकरणअनुसार नेकपा माओवादी केन्द्र अघि बढ्न खोजेको अवस्थामा नेकपा एमाले सरकारमा बस्न उपयुक्त नदेखिएकाले सरकारकालाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले संसदीय दलले जनाएको छ ।

सरकारबाट बहिरिएको दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फर्ता लिएपछि मुख्यमन्त्री राजकुमार शर्माले फेरि प्रदेश सभाबाट विश्वासको मत लिने तयार गरेका छन् ।

केन्द्रीय सत्ता साझेदार दलहरुबीच नै समीकरण गरी नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीसमेत गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

नेपाली कांग्रेसलाई नेकपा एमालेलाई दिएका तीन मन्त्रालयमा चित्त बुझाउने गरी बाँडफाँड गर्ने तयारी छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस ठूलो दल भएकाले नेतृत्वनै दाबी गरेको छ ।

ठूलो दलको हैसियतमा कि नेतृत्व दिनु पर्ने कि मन्त्रालय बढाउनु पर्ने गरी छलफल गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र गरी प्रदेशसभामा दुई तिहाई पुग्ने भएकाले कर्णाली प्रदेशमा सभामुख पनि परिवर्तन हुन सक्ने देखिएको छ ।

    सम्बन्धित समाचार...