७ जेष्ठ २०८१, सोमबार

ढाकाकुमारको ‘अडियो प्रकरण’मा छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

dhaka16810270001681029636

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने छ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिने छ ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग गरेको भनिएको अडियोको स्वर आफनो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईंसँग कसरी पैसा मागिन्छ ?भन्ने तर्क गर्दै आएका छन् ।

उता, सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाइसकेका छन् ।

    सम्बन्धित समाचार...