१५ बैशाख २०८१, शनिबार

प्रसाद–२ रिलिजको बाटो खुल्यो

zzzzz

फिल्म ‘प्रसाद २’लाई रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्ने गरि केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । जसका कारण, फिल्म अब निर्वाध रुपमा रिलिज हुन पाउनेछ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजालसले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अन्य कानुनी बाटो अपनाउन सक्ने आदेश दिएको छ । केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न भने नसक्ने आदेश अदालतले दिएको छ ।

यस्तै, अदालतले फिल्मको प्रदर्शन नै रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

यो फिल्म शुक्रबारदेखि रिलिज हुनुपर्ने थियो । तर, केशव पाण्डेले फिल्मको प्रदर्शन रोकि पाउँ भनी उजुरी दिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।

340919625 1854740181654185 754619050096890271 n

    सम्बन्धित समाचार...