३ जेष्ठ २०८१, बिहीबार

संसद भवन अगाडि फेरि अर्का पुरूषद्वारा आत्मदाह प्रयास

house

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि फेरि आत्मदाह प्रयास भएको छ । शुक्रबार संसद भवनको १ नम्बर गेट अगाडि एक पुरूषले आत्मदाह प्रयास गरेका हुन् ।

करिब ५० वर्षका ती पुरूषले पेट्रोल खन्याएर शरीरमा आगो लगाउन खोजेका थिए । तर प्रहरीले उनलाई बचाउन सफल भएको छ । प्रहरीले उनलाई प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने पुरूषको पहिचान भने भइसकेको छैन । ती पुरूषले यातायात कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याउन खोजेका थिए ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा उनले पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको जानकारी दिनुभएको छ । ‘पारिवारिक कारण देखिन्छ’ उहाँले भन्नुभयो– हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ ।’

केही महिनाअघि संसद भवन अगाडि एक पुरुषले आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित समाचार...