३ जेष्ठ २०८१, बिहीबार

चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ: बास्कोटा

339642954 229968012862074 4901778097060154459 n

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको भन्दै रबि लामिछानेको क्रेज सकिएको टिप्पणी गरेका छन् ।

सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए ।

‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, उनले भने ‘चितवनमा नयाँ पालुवा पलाएको छ ।’

उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनको जनताको हातमा रहेको पनि बताए ।
यस अघि चितवनमा पुगेर नेका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनका सझा उमेद्वार जित नारायण श्रेष्ठको उमेद्वारी दर्ता गराएका थिए भने रास्वपाका रवि लामिछानेले आफ्नो उमेद्वारी दर्ता गर्दै राहदानी दुरुपयोगमा कारबाही हुन सक्ने आशंका व्यक्त गरेका थिइए ।

    सम्बन्धित समाचार...