३ जेष्ठ २०८१, बिहीबार

रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

rabi

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता युवराज पौडेल (सफल)ले सोमबार रिट दर्ता गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार लामिछानेको राहदानीको विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको हो ।

चैत ६ गते महान्यायधिवक्ताको कार्यालयले प्रहरीको राय र जिल्ला तथा उच्च अदालतको प्रतिवेदनअनुसार लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो ।

अधिवक्ता पौडेलले नै लामिछानेको संसद् पदको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेका थिए ।

    सम्बन्धित समाचार...