३ जेष्ठ २०८१, बिहीबार

मिटरब्याज पीडितको समस्या समाधान गरेर सामन्तवादको अवशेष अन्त्य गर्छौ: गृहमन्त्री श्रेष्ठ

narayankaji Shresth

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तयार रहेको बताएका हुन् ।

‘मिटरब्याजीहरुबाट जनता पीडित छन् । अन्यायमा परेका छन् । तिनीहरुलाई न्याय दिनु छ । पीडाबाट मुक्त गराउनु छ,’– उनले भने ।

मिटरब्याज पीडितहरुको समस्या समाधान गरेर सरकारले नेपालमा सामन्तवादको अवशेष अन्त्य भयो भन्ने पुष्टि गर्न चाहेको मन्त्री श्रेष्ठले बताए । मिटरब्याज पीडितको आन्दोलन र आवाजप्रति सरकार गम्भीर रहेको उनले बताए ।

‘सामन्तवादबाट लोकतन्त्रमा प्रवेश गरिसकेको नेपालमा सामन्तवादको अवशेषको अन्त्य भयो भन्ने कुरा हामीले सुनिश्चित गर्नुछ । त्यसकारण मिटरब्याजको समस्या र मिटरब्याज पीडितको आन्दोलन, उहाँहरुको आवाजप्रति सरकार गम्भीर छ,’– मन्त्री श्रेष्ठले भने

    सम्बन्धित समाचार...