३ जेष्ठ २०८१, बिहीबार

स्वर्णिमलाई हराउन गगन तनहुँमा

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनको तयारी थालेको छ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेद‍्वारलाई जिताउनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई खटाएको छ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थशास्त्री डा स्वर्णिम वाग्ले उम्मेद‍्वार रहेको छन् भने कांग्रेसबाट पूर्व नेविसंघ सभापतिसमेत रहेका डा गोबिन्दराज भट्टराई प्रतिस्पर्धी रहेका छन्।

कांग्रेसका भट्टराईलाई जिताउन महामन्त्री थापा तनहुँ जाँदै छन्। सो क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई कांग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। भर्खरै कांग्रेस परित्याग गरेका वाग्लले कांग्रेसलाई देखाउन भएपनि चुनाव जित्नै पर्ने दवाबमा छन्।

उपनिर्वाचनका लागि भोलि(सोमबार) उम्मेद्‍वारी मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यसूची रहेको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ कांग्रेसले जितेको थियो। सो क्षेत्रमा कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

    सम्बन्धित समाचार...