१६ बैशाख २०८१, आईतवार

साविक विजेता बायर्न म्युनिख पुन: तालिको शीर्ष स्थानमा

Bayern Munich

जर्मन लिग बुन्डेशलिगामा साविक विजेता बायर्न म्युनिख पुन: तालिको शीर्ष स्थानमा उक्लेको छ । डर्टमण्डलाई ४ – २ गोलले हराउँदै बार्यन पुन: शीर्ष स्थानमा उक्लेको हो ।

अलियान्ज अरिनामा भएको खेलमा बायर्नले उपहार गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो । डायट उपामेकानोले गरेको लामो प्रहारलाई ग्रेगर कोबेलले रोक्न सकेनन् । १८ औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । २३ औँ मिनेटमा मुलरको व्यक्तिगत दोस्रो गोलमा बायर्न पहिलो हाफमै ३ – ० ले अघि रह्यो ।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै किंग्सले कोमनले गोल गरेर बायर्नलाई ४ – ० ले अघि राखे । यो बायर्नले पहिलो ६ सिजनमा डर्टमण्डविरुद्ध गरेको चालिसौँ गोल हो । इम्रे कानले पेनाल्टीमा र डनवेल मालेनले अन्तिम मिनेटमा गोल गरेपछि डर्टमन्डले अन्तर घटाएको थियो ।

बायर्नले अग्रता अझ धेरै बनाउने थियो । तर इरिक म्याक्सीम चुपो मोटिङ र सर्ज नाब्रीले गरेको गोल अफसाइड सावित भयो । प्रशिक्षक युलियान नगेल्समनको बर्खास्तीपछि बायर्न आएका प्रशिक्षक थोमस टुखेलले सन् २०१५ देखि २०१७ सम्म डर्टमण्डको नेतृत्व सम्हालेका थिए ।

यो जितपछि बायर्नको २६ खेलबाट ५५ अंक भएको छ । यता दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ५३ अंक छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा मेन्जले लाइपजिकलाई ३ – ० गोलले हरायो भने हर्था बर्लिन फ्रिबर्ग एक – एक गोलको बराबरीमा रोकिए ।

युनियन बर्लिनले स्टटगर्टलाई ३ – ० ले हरायो । उल्भ्सबर्ग र अग्सबर्ग २ – २ गोलको बराबरीमा रोकिए । लिभरकुसेनले साल्केलाई ३ – ० ले पराजित गर्‍यो ।

    सम्बन्धित समाचार...