२२ बैशाख २०८२, सोमबार

उपनिर्वाचनमा एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

um

नेकपा (एमाले)ले चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए । बारा २ मा कसलाई उठाउने भन्ने विषयमा बैठकले निर्णय नगरेको गुरुङले बताए ।

‘बाराको राजनीति अलि तरल भएकाले थप छलफल गर्नुपर्ने देखियो,’ गुरुङले भने, ‘अध्यक्षज्यूले पार्टीका नेताहरूसँग परामर्श गरेर भोलिसम्म उम्मेदवारको टुंगो लगाउनुहुन्छ।’

आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

    सम्बन्धित समाचार...