३ जेष्ठ २०८१, बिहीबार

डा वाग्ले भन्छन्- मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुन्छ

sornim wagle
फाइल फोटो

नेपाली कांग्रेस परित्याग गरेर शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले रास्वपा बाहेक अन्य पार्टीहरुमा मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुने गरेको दाबी गरेका छन्।

रास्वपा प्रवेशपछि तनहु १ मा हुन लागेको उपनिर्वाचनको टिकट पाएका वाग्लेले शनिबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्य पार्टीहरुमा मालदार मन्त्रालयको लागि १०औं करोडको डिलिङ् हुने गरेको दाबी गरेका हुन्।

उनले नेपालका अन्य पार्टीहरुमा वडा सदस्य हुन देखि मन्त्रीहुनसम्म पैसाको रोलले राजनीतिले बिगारिरहेको बताए।

यस्तै, वाग्लेले नेपाल बनाउन ढिला भैसकेको बताएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाल बनाउन ढिला भैसकेको बताएका हुन्।

वाग्लेले नेपाल बनाउन ढिला भैसकेको भन्दै अफगानिस्तानबाहेक एशियाको सबभन्दा गरिब देशबाटमाथि उकास्नु पर्ने आफूहरुको लक्ष्य भएको बताए।

आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले उठाएका उम्मेद्‍वारहरुलाई सहभागी गरेर पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका सभापति रबि लामिछाने, नवप्रवेश गरेका अर्थशास्त्री वाग्ले, पूर्व डिआइजी रमेश खरेल सहभागी छन्।

लामिछाने चितवन २, वाग्ले तनहुँ १ र खरेल बारा २ बाट उम्मेद्‍वार रहेका छन्।

    सम्बन्धित समाचार...