३ जेष्ठ २०८१, बिहीबार

चितवन–२ मा एमालेबाट जिल्ला अध्यक्ष न्यौपाने सिफारिस

ramprasad neupane

आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस हुनुभएको छ ।

चितवन २ को कमिटीले अध्यक्ष न्यौपानेलाई जिल्ला कमिटीमा सिफारिस गरेको हो। जिल्ला कमिटीले बागमती प्रदेशमा सर्वसम्मत रूपमा न्यौपानेको नाम नै सिफारिस गरेको थियो । एमाले केन्द्रीय कमिटीले फेरबदल नगरे न्यौपाने नै चितवन–२ मा एमालेबाट उमेदवार बन्नुहुनेछ ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन ३ बाट न्यौपानेले उम्मेदवारको टिकट पाउनुभएको थियो । उमेदवारी दर्ता गरेर उहाँ प्रचारमा खटिनु भएको थियो अचानक एमाले केन्द्रबाट उहाँको टिकट खोसिएको थियो। त्यतिबेला चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालालाई समर्थन गरेपछि न्यौपानेको उमेदवारी केन्द्रले खोसेको हो ।

एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट पार्टी राजनीतिमा लागेका न्यौपाने युवानेताका रूपमा परिचित हुनुहुन्छ। दुईपटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बन्नुभएका न्यौपाने २०७८ मा एमालेको चितवन जिल्ला अध्यक्ष हुनुभएको हो ।

    सम्बन्धित समाचार...