३ जेष्ठ २०८१, बिहीबार

तनहुँ–१ मा एमालेबाट पूर्व आईजिपी खनाल उम्मेदवार हुने, किसान श्रेष्ठले पनि सहयोग गर्ने अपेक्षा

sarbendra khanal

आगामी बैशाख १० गते हुने तनहुँ–१ को उपनिर्वाचनको लागि एमालेले केही बेरमा उम्मेदवार तय गर्ने भएको छ । तर, एमालेनिकट उच्च स्रोतकाअनुसार सो क्षेत्रमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने तयारी भैसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले नै खनाललाई टिकट दिने वचन दिएका छन् ।

खनाललाई उम्मेदवार बनाईए जित निकाल्न सकिने एमाले तनहुँ जिल्ला कमिटीका नेताहरूको बुझाई छ । खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । यसअघि ०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने उनी काठमाडौं–६ बाट उम्मेदवार बनेका थिए । तनहुँ–१ मा कांग्रेसबाट अलग भएर रास्वपामा सहभागी भएका डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्दैछन् ।

कांग्रेसले भने गोविन्द भट्टराईलाई अघि सार्ने भएको छ । खनाललाई एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा गएका किसान श्रेष्ठको पनि साथ रहने एमालेको आँकलन छ । खनाल र श्रेष्ठबीच सुमधुर सम्बन्ध छ ।

    सम्बन्धित समाचार...