२० बैशाख २०८१, बिहीबार

देशभर पूर्ण तथा आंशिक बदली, हावाहुरीसहित वर्षाको सम्भावना

weather aajko mausam

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव उत्तिकै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । देशका अन्य भू-भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार मौसम देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै देशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

    सम्बन्धित समाचार...