
दाङमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ। घोराही उपमहानगरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका वडा नं. ३ का ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । अब दाङमा कूल संक्रमितको संख्या १८६ पुगेको छ। आइतवारसम्म यो संख्या १८६ रहेको थियो ।
नयाँ थपिएका संक्रमितमा घोराही १७ का १७ जना, घोराही ४ का १०, घोराही १८ का ७ जना, घोराही ५ का ५ जना र बंगलाचुली ३ का एक जना रहेका छन्।
संक्रमितहरुमा घोराही १७ का ४० बर्षीय पुरुष, ४३ बर्षीय पुरुष, २९ बर्षीय पुरुष, ३० बर्षीय पुरुष, ३० बर्षीया महिला, २५ बर्षीय पुरुष, ४९ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, ४६ बर्षीय पुरुष, २३ बर्षीया महिला, ४२ बर्षीय पुरुष, ५५ बर्षीय पुरुष, २० बर्षीय पुरुष, १५ बर्षीय पुरुष, १४ बर्षीय पुरुष, १९ बर्षीय पुरुष र ३४ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै घोराही ४ का ५७ बर्षीया महिला, ३१ बर्षीया महिला, ३१ बर्षीय पुरुष, २२ बर्षीय पुरुष, ३१ बर्षीय पुरुष, २० बर्षीय पुरुष, २९ बर्षीय पुरुष, २१ बर्षीय पुरुष, २२ बर्षीय पुरुष र ४१ बर्षीय महिला रहेका छन्।
त्यसैगरी घोराही १८ का ४६ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, ६० बर्षीया महिला, ३६ बर्षीय पुरुष, ३३ बर्षीया महिला र ४२ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी घोराही ५ का १९ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, १८ बर्षीय पुरुष, २४ बर्षीय पुरुष र ३८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी घोराही ३ मा ४१ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष र ४८ बर्षीय पुरुष तथा बंगलाचुलीमा २२ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म दाङमा ३३ जनालाई डिस्चार्ज गरिएको छ भने डेंगु रोगको संक्रमण देखिएका एक जनाको बुटवलमा उपचार भइरहेको छ । दाङमा एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
चार स्वास्थ्यकर्मीमा पनि संक्रमण
नयाँ थपिएका ४३ संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेका छन् । जसअनुसार घोराही १८ का ४६ बर्षीय पुरुष, घोारही ४ की ५७ र ३१ बर्षीया महिला तथा घोराही ४ का ४८ बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन् ।

दुई स्वास्थ्यकर्मीसहित १२ जना संक्रमित डिस्चार्ड
कोरोना संक्रमित भई आईसोलेसनमा रहेका दाङका २ स्वास्थ्यकर्मीसहित सोमबार १२ जना डिष्चार्ज भएका छन्।
कोरोना बिषेश अस्पताल बेलझुण्डिको आइसोलेशनमा भर्ना भएका मध्य २ जना स्वास्थ्यकर्मी सहित १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।
गढवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जनता माध्यामिक विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा कार्यरत रहेका बेला जेठ १८ गते कोरोना संक्रमण देखिएपछि लमही १ का ४० बर्षिय पुरुष र राप्ती गाउँपालिका ८ का ३६ बर्षिय स्वास्थ्यकर्मी आइसोलेशनमा भर्ना भएका थिए ।
भर्ना भएको १५ दिनपछि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ड गरिएको हो।