१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो, दैलेखमा थपिए ९१ जना (विवरणसहित)

Karnali I2VYaB4kim

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।

सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका  ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।

यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना,  ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुई/दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दैलेखकै दुल्लु नगरपालिका-१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।

सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

यसैबीच कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ। आज कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या १५१ पुगेको हो ।

संक्रमितकाे विवरण हेर्नुहाेस्

103097035 288535199194407 169645607929525328 n bzEEU9v1O6
103366760 288535225861071 1871653574221995148 n CepGyoeleK