१३ बैशाख २०८१, बिहीबार

काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि

corona nepal

सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ जना, शु्क्रराज अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ जनामा, पाटन प्रयोगशालामा ललितपुरका १, काठमाडौंका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

संक्रमितहरु काठमाडौं र लतिलपुरका कुन ठाउँका हुन भन्ने बारेमा मन्त्रालयले केही खुलाइएको छैन ।