१४ बैशाख २०८१, शुक्रबार

बढ्यो मौसमी फ्लुको समस्या

flu

मौसम परिवर्तनसँगै पछिल्लो समय मौसमी फ्लुको समस्या लिएर अस्पताल पुग्नेहरू बढेका छन् ।

चिकित्सकका अनुसार अस्पतालहरूमा ज्वरो, रुघाखोकी, टाउको दुख्नेलगायतका समस्या लिएर बिरामी आउन थालेका हुन् ।

त्रिवि शिक्षण अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि पुग्ने मध्ये २५ प्रतिशतमा मौसमी फ्लुको समस्या देखिने गरेको छ । वीर अस्पतालमा दैनिक २० प्रतिशत बिरामीमा मौसमी फ्लुको समस्या देखिन्छ । अन्य अस्पतालको अवस्था पनि उस्तै छ ।

साधरणतया मौसमी फ्लु चिकित्सकको परामर्शमा सामान्य उपचार वा घरमै आराम गर्दा निको हुन्छ । तर शरीरमा निकै पीडा भएमा, ज्वरो निको नभएमा, खकारमा रगत देखा परेमा भने अस्पताल नै पुग्नुपर्ने चिकित्सक बताउँछन् । फ्लुको जटिल समस्या लिएर अस्पताल पुग्ने बिरामीमा इन्फ्लुएन्जा ए र बी देखिने गरेको चिकित्सक बताउँछन् ।

फ्लुको लक्षण देखिए पनि अस्पताल नआउनेको सङ्ख्या पनि उत्तिकै रहेको अनुमान चिकित्सकको छ ।

    सम्बन्धित समाचार...