१४ बैशाख २०८१, शुक्रबार

विश्व मौसम विज्ञान दिवस मनाइँदै, जलवायु परिर्वतन न्यूनीकरण मुख्य मुद्दा

wather

मौसमको फेरबदलमा बादलको महत्वलाई दर्साउँदै आज (२३ मार्च) मा विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । यसपालि विश्व मौसम विज्ञानको नारा ‘मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभाव’ रहेको छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मौसम विज्ञान दिवस मनाउन थालिएको हो ।

पृथ्वीमा बसोबास गर्ने मानवका लागि यहाँको वायुमण्डल र महासागर साझा रुपमा रहेको छ । यस्तै मौसम, हावापानी तथा जलचक्रलाई कुनै राष्ट्रिय वा राजनीतिक सीमाना थाहा हुँदैन । त्यसैले यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । यो दर्शनले सन् १८७३ देखि विश्वको मौसम विज्ञान समुदायको कार्यलाई सञ्चालन गर्दै आएको छ । साथै वर्तमान र भविष्यका पुस्ताहरुका लागि समाजको सेवामा विज्ञानलाई रुपान्तरित गर्दा थप मार्गदर्शन गर्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ ।

हरितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापमान १५० वर्ष अघिको तुलनामा अहिले १ डिग्री सेल्सियस भन्दा बढी पुगेको छ । यसै कारण अहिले मौसम चरम अवस्थामा पुग्दैछ । महासागरमा गर्मी बढेको छ भने अधिक अम्लीयपन बढेको छ। समुद्रको स्तर बढेको छ, हिमनदी तथा हिउँ पक्लिनेक्रम बढेर गएको छ । मौसम परिवर्तनको दर तीव्ररुपमा बढ्दै गएको छ । यस अवस्थामा हरितगृह उत्सर्जनलाई न्यूनीकरण गर्न तथा यसलाई सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम उठाउन आवश्यक रहेको विज्ञहरुको भनाइ छ । भावी पुस्ता जीवित रहने र हुर्कन सक्ने वातावरणको सुनिश्चितता अहिले नै गरिनु पर्ने उनीहरुको जोड छ ।

    सम्बन्धित समाचार...