११ बैशाख २०८१, मंगलवार

एम्बाप्पे फ्रान्सको राष्ट्रिय टिमको नयाँ कप्तान

kylian mbappe

पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार फवार्ड केलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय टिमको नयाँ कप्तान बनेका छन् ।

उनले फ्रान्सका पूर्व कप्तान तथा गोलरक्षक हुगो लोरिसलाई प्रतिस्थापन गरेको फ्रान्स फुटबल महासंघले जनाएको छ । फ्रान्सको दैनिक खेल पत्रिका लिकिपका अनुसार एम्बाप्पेले मुख्य प्रशिक्षक डिडिय डेस्सोसँगको सल्लाह पछि कप्तानी स्वीकार गरेका हुन् ।

गत जनवरीमा लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछ २४ वर्षे एम्बाप्पे कप्तानको प्रमुख दाबेदार थिए । फ्रान्सले पछिल्लो समय हात पारेका सबै उपलब्धिमा एम्बाप्पेले महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन् । उनकै उच्च प्रदर्शनमा फ्रान्सले २०१८ र २०२२ गरी लगातार दुई पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।

एम्बाप्पेले आफ्नो देशबाट ६६ क्याप जितेका छन् । फ्रान्सको राष्ट्रिय टिमले अहिले युरो २०२४ को छनोटको तयारी गरिरहेको छ । छनोटको पहिलो खेलमा फ्रान्स नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही खेलमा एम्बाप्पेले फ्रान्सको नेतृत्व सम्हाल्ने छन् ।

    सम्बन्धित समाचार...