७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, यसरी मुख थुनियो

pa
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ ।

प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध मंगलबार नाराबाजी गरेका हुन् ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्का एक युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यसपछि प्रहरीले उनीहरुकै मुख थुन्दै गाडीमा राख्यो । त्यही क्रममा ती दुवै युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर् भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

Pakrau
Pakrau2 1679409369
Pakrau 1679409062

    सम्बन्धित समाचार...