१४ बैशाख २०८१, शुक्रबार

सरकारमा जान एकीकृत समाजवादीले थाल्यो गृहकार्य, अध्यक्ष नेपाल नेतृत्वमा कार्यदल गठन

madhav nepal
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत पाएसँगै सत्तारुढ १० दलीय गठबन्धन यतिबेला मन्त्रिपरिषद्‍ पूर्णतातर्फ लागिरहेको छ।

विश्वासको मतपाए लगत्तै प्रधानमन्त्री दाहालले मंगलबार बिहानैबाट सरकारलाई पूर्णता दिनकालागि छलफल हुने र बढीमा ४ दिनभित्र मन्त्रिपरिषद्‍ विस्तार गरिसक्ने बताएका थिए।

सोही अनुसार यतिबेला सत्तारुढ गठबन्धनमा रहेका दलहरु पनि सरकारमा सहभागिताबारे आन्तरिक र गठबन्धनमा छलफल गरिरहेका छन्।

सत्तारुढ गठबन्धनको प्रमुख घटक रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि सोहि विषयमा छलफल गर्न मंगलबार केन्द्रीय सचिवालय बैठक डाँकेको थियो।

बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने कुरा भएको बताएका छन्।

सरकारमा कुन नीति, सिद्धान्त र कार्यक्रमको लागि जाने त्यो टुंगिएपछि मात्रै मन्त्रालयको संख्यामा जाने बताउँदै उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ। त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ। त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं।’

यस्तै, एकीकृत समाजवादीले सरकारमा जाने तयारी गर्न र भागबन्डा मिलाउन तीन नेताको कार्यदल बनाएको छ। अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो।

    सम्बन्धित समाचार...