१६ बैशाख २०८१, आईतवार

पीएसभीले लगायो गोलरक्षकमाथि आक्रमण गर्ने समर्थकलाई ४० वर्षसम्मको प्रतिबन्ध

fot

डच क्लब पीएसभीले आफ्ना एक समर्थकलाई ४० वर्षसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

युरोपा लिग अन्तगर्त भएको खेलमा ती २० वर्षीय समर्थकले सेभियाका गोलरक्षक मार्को डिमिट्रोभिचमाथि आक्रमण गरेपछि उनलाई कारबाही गरिएको हो । उनलाई तीन महिना जेल सजाय पनि सुनाइएको छ । साथै उनी दुई वर्षसम्म पीएसभीको स्टेडियम वरिपरि हिँड्डुल गर्न पाउने छैनन् ।

साथै पीएसभीले उनीबाट भएको आर्थिक क्षतिपूर्तिसमेत लिने बताएको छ । तर जरिवानाबारे युरोपेली फुटबल महासंघले तोकेपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।

साथीले किनेको टिकटमा पीएसभीको मैदान छिरेका ती व्यक्तिले यस अघि पनि डच फुटबल संघले २०२६ सम्मका लागि प्रतिबन्ध भोगिरहेका छन्।

गत फ्रेब्रुअरीको अन्त्यमा युरोपा लिगको प्ले अफ अन्तगर्त दोस्रो लेगमा सो घटना भएको थियो । ती आक्रमणकारीले खेल चलिरहँदा मैदानमै छिरेर सर्बियाका डिमिट्रोभिचको अनुहारमा मुक्का प्रहार गरेका थिए । तर सो घटनापछि पनि डिमिट्रोभिचले खेललाई निरन्तरता दिएका थिए ।

    सम्बन्धित समाचार...