१६ चैत्र २०८०, शुक्रबार

याद गर्नुहोस्, आजबाट मोटरसाइकलमा पनि जोर–बिजोर लागू, निजी सवारीमा एक जना मात्रै सवार हुनुपर्ने

lockdown 20days 1

लकडाउन खुकुलो बनाए सँगै सवारी साधनमा जोर बिजोर लागु भएको थियो । मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन ।

अस्पष्टताका कारण मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

यस अर्थमा असार १ गते चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी गराए ।

यस्तै निजी चारपांग्रे सवारीमा पनि जोरबिजोर नै लागू हुनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले निजी सवारी चल्न दिने निर्णय गरेको थियो भने सर्वसाधारणको आवागमनका साथै ब्यापार व्यवसाय पनि खोलेको छ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।