२३ बैशाख २०८१, आईतवार

पाँच वर्षसम्मै टिक्छ १० दलीय गठबन्धन – माधव नेपाल

Madav nepal

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति तरल अवस्थामा रहेको बताएका छन् । यति छिटै सरकारको गठन र पुनर्गठन हुने कुरा जनताले नसोचेको उनको भनाइ छ ।

तर अढाई महिनामै जुन खालको राजनीतिक परिस्थिति उत्पन्न भयो त्यसको आँकलन आफूले पहिलो/दोस्रो दिनमा नै गरेको अध्यक्ष नेपालले बताए ।

यो अवस्था आउँछ भन्ने आँकलन गरिएको बताउँदै उनले भने, ‘राजनीतिको नाडी हामी पनि छाम्दै हिँडेका छौँ । छामेर नै यहाँसम्म आइपुगेका हौँ । यो अवस्था निश्चित आउछ भन्ने मलाइ लागीसक्या थियो ।’

सोमबार प्रतिनिधिसभाको बैठकमा बल्दै अध्यक्ष नेपालले यस परिस्थितिले आफू अन्योलमा परेको पनि बताए । उनले गठबन्धन बनिरहने र टुटिरहने प्रवृत्तिका पछाडिका कारण पत्ता लगाउन विश्वविद्यालयमा अनुसन्धान गराइनु पर्ने आवश्यकता रहेकोसमेत औँल्याए ।

आफ्नोतर्फबाट भएका कमीकमजोरीको खोजी गर्ने तर्फ भन्दा पनि अरूमाथि दोषारोपण गर्ने प्रवृत्ति नेपालको राजनीतिमा रहेको उनको भनाइ छ । नेपालको राजनीतिक मानसिकतालाई चित्रण गर्दै उनले भने ‘आफूबाट कमी कमजोरी भयो भन्ने कुराको खोजी गर्ने होइन । त्यसलाई स्वीकार गर्ने होइन । सुधार्ने होइन । अरूलाई दोषारोपण गर्ने कुरामा केन्द्रित रहने गरेको छ । यही प्रवृत्ति कायम राख्ने हो भने राजनीति कहिल्यै सही दिशामा जाँदैन । ‘

राजनीतिलाई सही मार्गमा लैजाने हो भने सबै राजनीतिज्ञले आफ्ना हरेक व्यवहारको बारेमा आत्मसमीक्षा गर्नु पर्ने नेता नेपालको सुझाव छ ।

उनले अहिलेको सत्ता गठबन्धन भने ५ वर्ष नै टिक्ने दाबी गरे । अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धितर्फ अग्रसर बनाउने नेपालको दाबी थियो । ‘यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ । यो गठबन्धन एकताबद्ध भएर अघि बढ्छ । यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु ।’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने पनि अध्यक्ष नेपालले जानकारी दिए ।

    सम्बन्धित समाचार...