२३ बैशाख २०८१, आईतवार

एमालेलाई माओवादीको प्रश्न : कांग्रेस पहिलो पार्टी हो भन्न तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?

devendra poudel
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेकपा (एमाले)लाई यो सदनको कांग्रेस पहिलो दल हो भन्न धरहरा वा सगरमाथा कहाँबाट हर्नुपर्ने भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतका लागि संसद्‍ भवनमा बसिरहेको संसद्‍ बैठकलाई सम्बोधन गर्दै सचिव पौडेलले एमालेलाई यो सदनको कांग्रेस पहिलो दल हो भन्न धरहरा वा सगरमाथा कहाँबाट हर्नुपर्ने भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ, यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?’

    सम्बन्धित समाचार...